ए डिभिजन लिग फुटबलमा एनआरटीद्धारा मध्यपुर पराजित

२८ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले मध्यपुर युथ एशोसिएसनलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा एनआरटीलाई मध्यपुरमाथि ३-० को जित हात पारेको हो । जितपछि १३ खेलबाट २३ अंक जोडेको एनआटी पाँचौं स्थानमा उक्लिएको छ भने १० अंक जोडेको एनआरटीको रेलिगेशन खतरा बढेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले १८ औं मिनेटमा सुशील लामाको गोलबाट अग्रता लिएको थियो । ८० र ८८ औं मिनेटमा एकिनले गोल गर्दै एनआरटीलाई ३-० को अग्रता दिलाए । अन्तिम मिनेटमा मध्यपुरले पेनाल्टी पाएपनि जीवन सिंकेमानको प्रहार बाहिरियो र एनआरटी ३-० ले विजयी भयो ।
अर्को खेलमा अहिले मनाङ मस्याङ्दी र रानीपोखरी कर्नर टिम आरसीटी भिडिरहेका छन् । खेलमा मनाङ आरसीटीमाथि प्रष्ट जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ भने आसीटी उसलाई रोक्ने प्रयासमा हुनेछ ।
आजको खेलको नतिजासँगै उपाधिको होड निकै रोमान्चक बन्ने छ । आज मनाङ विजयी भएमा पहिलो पटक शीर्ष स्थानमा पुग्नेछ भने आरसीटी विजयी भए शीर्ष ३ टोलीको अंक बराबर हुनेछ । १२ औं चरणको खेल सकिँदासम्म शीर्ष २ स्थानमा रहेका थ्री स्टार र मछिन्द्रको समान २६ अंक छ भने तेस्रो स्थानमा रहेको मनाङको २५ र चौथो स्थानको आरसीटीको २३ अंक छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......