होसियार ! साउदी प्रहरीबाटै लुटिएला !!

विष्णु बैकुण्ठे
प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै एउटै रूपमा हेरिने गरिन्छ । अझ नेपालका प्रहरीले त देशमा भएका सत्य घटनालाई मात्र जीवन्त दिन आफ्नो मूल नारा नै "सत्य सेवा सुरक्षणम्" राखेका छन् ।

सोझोपनको फाइदा उठाउँदै बोधोहरूलाई खाडलमा हाली मादल बजाउने, अवैधानिक तवरले कालोबजारी गर्ने, फिरौति र डकैतीमा पल्केका, लुटपाट गर्दै उत्पात मच्चाउने, अनेक तवरबाट गाउँ, समाज या राष्ट्रमा नौटंकी गर्दै आतंकित फैलाउने बाहेकका हामी सबैलाई प्रहरी एकदमै प्यारो लाग्छ र उनीहरूप्रति हाम्रो सम्मान पनि उत्तिकै छ । घर, अफिस, यात्रा अथवा के गाउँ – के शहर, जहाँ हामी छौं त्यहाँ प्रहरीको उपस्थिति देखिएमा लाग्छ कि हामी सुरक्षित छौं । यसैले त हामीलाई प्रहरीको बाक्लो उपस्थिति वा कडा निगरानी भएको ठाउँमा बस्न या हिड्डुल गर्न कुनै आपत्ति लाग्दैन किनकी हामीले कुनै गलत कृयाकलाप नै गरेका हुदैनौ र यसलाई सहज रूपमा लिने गर्छौं । यात्रामा निस्कने जो कोहीलाई पनि यात्रा अवधिभर प्रहरीको नजिक रहनपाए हुन्थियो भन्ने लाग्ने गर्छ किनकी हामीलाई प्रहरीमाथि पूर्ण विश्वास छ । तर यो विश्वासले सबैलाई कहाँ न्याय गर्दो रहेछ र ? भन्ने नमिठो तर्कले आजदेखि मेरो मनलाई उल्टो खेदिरहेछ पुल्ठो बालेर । र त मन अमिलो बनाउंदै प्रसंग यता जोड्दैछु ।

हाल म साउदी अरबको एक कम्पनीमा विगत चार बर्षदेखि कम्पनी व्यवस्थापकमा कार्यरत छु । व्यवस्थापकले गर्नुपर्ने कामहरू अफिसभित्रमात्र नभएर बाहिरतिरका पनि हुन्छन् । सँगै जोडिएका कम्पनीदेखि ४०० कि.मि. टाढासम्म ......

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......