२ माघ, काठमाण्डौं । भारतले सोमबारदेखि
विद्युत आपूर्तीमा कटौती गरेपछि मुलुकको विद्युत् प्रणालीमा ३० मेगावाट
विजुली घटेको छ । मुलुकले चरम लोडसेडिङ भोगिरहेका बेला भारतले अचानक ३०
मेगावाटको हाराहारीमा विद्युत् कटौती गरेपछि लोडसेडिङ बढ्ने चिन्ता
विद्युत् प्राधिकरणका अधिकारीले व्यक्त गरेको छ ।
प्राधिकरणका
प्रवक्ता शेरसिंह भाटका अनुसार भारतले तत्कालका लागि रक्सौल-बीरगञ्ज,
सीतामढी जलेश्वर र कटैया राजविराज गरी तीन
ठाउँका ३२ केभी प्रसारण लाइनबाट
पूर्ण रुपमा बिजुली बन्द गरेको छ ।
त्यसैगरी भारतले तत्कालका लागि भन्दै
कटैया दुहबीको १३२ केभी प्रसारण लाइनबाट २० मेगावाटको हाराहारीमा बिजुली
कटौती गरेको छ । कटैया दुहबी प्रसारण लाइनबाट नेपालले ७० देखि ७५
मेगावाटबाट विजुली आयात गर्दै आएकामा भारतले सोमबारदेखि ५० देखि ६० मेगावाट
मात्र दिन थालेको खबर कान्तिपुर दैनिकमा खबर छ ।
