काठमाडौं, पुस २८ (नागरिक) - प्रधानमन्त्री भट्टराईले राष्ट्रपति
कार्यालयले बोलाएको समयभन्दा ढिला गरी दलीय छलफलमा सहभागी भएकोमा माफी
मागे। राष्ट्रपतिको पदीय मर्यादा र गरिमा समेत प्रधानमन्त्री र प्रमुख दलका
शीर्ष नेताले ख्याल नगरेको भन्दै अन्य नेताले आलोचना गरेपछि
प्रधानमन्त्रीले माफी मागेका थिए।
राष्ट्रपति कार्यालयले छलफलका लागि भन्दै उपराष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेतालाई साढे आठ बजे शीतल निवासमा आमन्त्रण गरेको थियो। प्रधानमन्त्रीसहितका ठूला दलका नेता राष्ट्रपतिभन्दा ढिला बैठक कक्षमा पुगेका थिए।
ढिला गरी शीतल निवास पुगेका प्रमुख दलका नेता आफ्ना धारणा राख्दै बाहिरिएका थिए। पौने एक बजेमात्र छलफल सकिए पनि प्रमुख दलका नेता साढे एघार बजे नै शीतल निवासबाट बाहिरिसकेका थिए।