मच्छिन्द्र ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

Photo: मच्छिन्द्र ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लियो

१७ पुस, काठमाडौं । मच्छिन्द्र क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थाननमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा संकटालाई २-० ले पराजित गर्दै मच्छिन्द्रले उपाधी होड कायमै राखेको हो । जितपछि मच्छिन्द्र १० खेलबाट २३ अंकका साथ दोस्रो स्थानमा छ भने लिग लिडर थ्रीस्टारको समान खेलबाट २५ अंक छ । मनाङ २१ अंकका साथ तेस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सरुमा संकटाले मच्छिन्द्रलाई केही दबावमा राखेपनि गोल गर्न सकेन । पहिलो हापको अन्त्यमा अग्रता मछिन्द्रले लियो । ४५ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

५५ औं मिनेटमा विशाल राई ए ले मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि पनि मच्छिन्द्रले केही गोल गर्ने मौका पाएपनि सकदुपयोग गर्न सकेन ।

अर्को खेलमा सरस्वतीले मध्यपुर युथ एशोसिएसनलाई २-० ले पराजित गरेको छ । जितपछि सरस्वती १० खेलबाट ११ अंकका साथ ११ औं स्थानमा उक्लिएको छ भने ७ अंक जोडेको मध्यपुर रेलिगेशन जोनमै छ ।

खेलमा सरस्वतीले याना इलिआसको गोलबाट २७ औं मिनेटमा अग्रता लियो । ६० औं मिनेटमा इलिआसले नै अग्रता दोब्बर पारे ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......