इस्लामावाद, माघ २ (एजेन्सी)- पाकिस्तानको सर्वोच्च अदालतले
प्रधानमन्त्री राजा परवेज अरसफलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै पक्राउ
गर्न आदेश दिएको छ। मंगलबारको बहसपछि प्रधानमन्त्री सहित १६ जनालाई पक्राउ
गर्न अदालतले आदेश दिएको हो।
उर्जा परियोजनामा प्रधानमन्त्री असरफले घुस र कमिसन लिएको भन्दै पक्राउ गरी
भोलि बुधबार अदालतमा हाजिर गराउन आदेश दिएको हो।
जसल्रोत तथा उर्जा मन्त्रालयको परियोजनामा २२ अर्ब रुपैयाँ परिचालन भएको थियो। उर्जामन्त्रीको रुपमा अरसफले घुस तथा कमिसन लिएको ठहर अदालतले गरेको छ।
जसल्रोत तथा उर्जा मन्त्रालयको परियोजनामा २२ अर्ब रुपैयाँ परिचालन भएको थियो। उर्जामन्त्रीको रुपमा अरसफले घुस तथा कमिसन लिएको ठहर अदालतले गरेको छ।