२५ पुस, काठमाडौं । नेकपा माओवादीको सातौं
महाधिवेशनको उद्घाटन समारोध यतिबेला काठमाडौंको खुल्लामञ्चमा भइरहेको छ ।
सम्मलेनको उद्घाटनमा शुभकामना दिँदै पूर्व माओवादी नेता मात्रिका यादवले
वैद्यपक्षको लाइन स्पष्ट नभएको आरोप लगाउनुभएको छ ।
‘धोका दिइयो भने बिद्रोह गर्ने रे, धोका
भैसकेको छ, त्यसैले राजनीतिक दिशा स्पष्ट गर्नोस् ।’ यादवले मञ्चाट
भन्नुभयो । साथै बादललाई प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष निवेदन
दिनएकोमा पनि यादवले आपत्ति जनाउनुभयो । ‘गद्दारहरुसँग केको राष्ट्रिय
सहमति ?’ यादवले भन्नुभयो ।
कार्यक्रममा अमेरिका, क्यानडा लगायतका
मुलुकबाट आएका भातृ संगठनका नेताले पनि शुभकानाम दिएका छन् । कार्यक्रममा
नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले बाबुरामलाई सरकारबाट हटाएपछि
सजिलै समस्या समाधानको मार्गप्रशस्त हुन्छ भन्दै मधेसी दलहरुलाई बाबुरामको
साथ छाड्न आग्रह गर्नुभएको छ । उहाँले सत्तामा पुग्नेबित्तिकै लुटतन्त्रमा
नलाग्न वैद्यपक्षसँग आग्रह गरेका छन् ।
सभामा पूर्व माओवादी नेता मणि थापाले मोहन
वैद्य र बा्दललाई प्रश्न गर्नुभयो- ‘हाम्रो जनमुक्ति सेना खोई ? अनि
हाम्रो आधार इलाका खोई ?’
