अज्ञात बन्दुकधारीले आज साँझ मोरङको मधुमल्ला-९ स्थित लक्ष्मीझारमा एमाले कार्यकर्ता मोहनकर्ण श्रेष्ठलाई आक्रमण गरी गम्भिर घाइते बनाएका छन् ।
साँझ ७ बजे ४ जनाको संख्यामा रहेका नकाबधारी व्यक्तिले घरमै टेलिभिजन हेरिरहेका ५३ बर्षिय श्रेष्ठलाई अन्धाधुन्ध आक्रमण गरेका हुन् । स्थानीय भीम श्रेष्ठका अनुसार पेस्तोल र घरेलु हतियार बोकेर आएका आक्रमणकारीले श्रेष्ठलाई मरणासन्न हुने गरी आक्रमण गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका बिभिन्न भागमा चोट लागेका
श्रेष्ठको उर्लाबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । यो समाचार तयार पार्दासम्म घाइतेको स्वास्थ्य अवस्थाबारे केहि भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ । घाइते श्रेष्ठ एमाले मधुमल्ला-९ का वार्ड कमिटी अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक ढुण्डिराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।