मोडेल फराह अब्राहम २१ वर्षकी किशोरी आमा हुन् । छोरी जन्मिनुभन्दा २ महिना
अगावै अर्थात् झण्डै ३ वर्षअघि उनका प्रेमी डेरेक अन्डरउडको दुर्घटनामा
ज्यान गएको थियो । गर्भे टुहरी सोफिया पूणिर्माको जून जस्तै हलक्कै
बढ्दैछिन् । प्रेमीको निधन भएपछि केही समय निकै शोकमा डुबेकी फराहले आफ्नो
करिअर र छोरीको लालनपालनलाई सँगै अगाडि बढाएकी छिन् ।
छोरीको आमा बनेपछि आफ्नो क्रेज केही घटेको अनुभुति गरेकी फराहले गएको
अक्टोबरमा अझै सुन्दर र कामुक बन्नका लागि आफ्नो अनुहारको प्लास्टिक सर्जरी
गराएकी थिइन् । त्यस भन्दा अगाडि उनले ५ हजार डलर खर्च गरी स्तन
प्रत्यारोपण गरेर छातिको भार बढाएकी थिइन् ।



