१८ पुस, काठमाडौं । राजधानीमा जारी सहिद
स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसले रानीपोखरी
कर्नर टिम आरसीटीलाई पराजित गरेको छ ।
बुधबार भएको खेलमा पुलिसले आरसीटीलाई १-०
गोल अन्तरले पराजित गरेको हो । जितपछि पुलिस ११ खेलबाट १६ अंकका साथ सातौं
स्थानमा उक्लिएको छ । २० अंक
जोडेको आरसीटी पाँचौं स्थानमा छ ।
जोडेको आरसीटी पाँचौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको
खेलमा पुलिसका लागि भोला सिलवालले निर्णायक गोल गरे । उनले १३ औं मिनेटमा
पर्वत पाण्डेको फि्र किक बलमा हेड गोल गरेका हुन् । रेफ्रिसँगको झगडाका
कारण एक वर्षे प्रतिवन्ध खेपेका ओलावाले विना मैदान आरसीटीलाई पुलिसले
दबावमा राखेपनि थप गोल गर्न सकेन र खेल १-० ले जित्यो ।
अर्को खेलमा हिमालयन शेर्पाले न्यूरोड टिम
एनआरटीलाई पराजित गरेको छ । पहिलो हापमा २-० ले पछि परेको अवस्थामा दोस्रो
हापमा उत्कृष्ट पुनरागमन गर्दै हिमालयन शेर्पाले ७ मिनेटभित्र ३ गोल
फर्कायो ।
७ औं मिनेटमा सुशील केसीको गोलबाट अग्रता
लिएको एनआरटीका लागि ४२ औं मिनेटमा अजय बिकले गोल गर्दै अग्रता दोब्बर पारे
। खेलको ५२ औं मिनेटमा एनआरटीका लक्ष्मण रुचालले गोल गरे पनि रेफ्रीले
अफसाइड दिए ।
५४ औं मिनेटमा पुकार गहतराजको स्थानमा
अण्डस सिक्सटिनका कप्तान समेत रहेका हेमन गुरुङ मैदान प्रवेश गरेपछि
हिमालयन शेर्पाले उत्कृष्ट पुरानगमन गर्यो । ५६ औं मिनेटमा धिराज तामाङले
गोल गर्दै एनआरटीको अग्रता २-१ मा झारे भने ६० औं मिनेटमा हेमन गुरुङले
फ्रि किकमा सोझै गोल गरे । ६२ औं मिनेटमा गणेश खड्काले गोल गर्दै हिमालयन
शेर्पालाई ३-२ को अग्रता दिलाए ।
जितपछि ११ खेलबाट १३ अंक जोडेको हिमालयन शेर्पा दशौं स्थानमा उक्लिएको छ भने एनआरटी १६ अंकका साथ छैटौं स्थानमा छ ।
