७ माघ,उर्लाबारी ।
अश्लील दृश्यहरु समावेश गरिएको नेपाली चलचित्र एटिएमलाई प्रदर्शनमा रोक लगाउने राज्य संयन्त्र केवल च्यानलहरुबाट खुलेआम ‘अश्लील फिल्म’ प्रदर्शन हुँदा भने मुकदर्शक बनेको छ । उर्लाबारीस्थित उर्लाबारी केवुल नेटवर्क प्रालिले रातको समयमा प्रतिबन्धित अश्लिल चलचित्र प्रसारण गर्नेगरेको पाइएको छ । स्वस्थ सुचना र मनोरञ्जन दिने भनेर सञ्चालन अनुमति पाएका यस्ता केबल नेटवर्कहरुबाट छाडा दृश्यहरु
प्रसारित हुँदा पनि नियमक निकाय मौन बनेको छ । यस बिषयमा जिज्ञासा राख्दा उर्लाबारी नेटवर्क प्रालिका लेखापाल बिनोद त्रितालले भने अनभिज्ञता व्यक्त गरे । उनले भने, ‘ब्लु फिल्म आउँछ अरे भन्ने मैलेपनि सुनेको छु तर कुन च्यानलबाट आउँछ, कतिखेर दिन्छ, त्यो चाहिँ थाहा छैन ।’
यस्तै, सो नेटवर्क प्रालिले ग्राहकलाई सास्ती दिने गरेको पनि पाइएको छ । ग्राहक रसिद पनि छाप बिना प्रयोग गरिरहेको र केबल पुनः जडान शुल्क कति हो भनेर जानकारी नगराई असुल्ने गरेको पाइएको छ ।
