ठगी बिरुद्ध एनसेलमाथि कर्मचारी खनिए

teliasnera_ncellकाठमाडौ, पुस २१ । सस्तो विज्ञापन गरेर आम जनतालाई ठगी गर्दै आएको एनसेलले एकातिर सरकारलाई राजश्व वापत् तिर्नुपर्ने करोडौँ रकम तिरेको छैन भने अर्कोतिर आफ्नै कर्मचारीहरुमाथि समेत शोषण गरिरहेको छ। सरकारी निकायका केही उच्च अधिकारी र राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारी एनसेलले ठगी धन्दालाई
अगाडि बढाउँदै आएको छ। पछिल्लो समयमा उसको ठगी धन्दाबाट एनसेलमै काम गर्ने कर्मचारीहरुसमेत पर्न थालेका छन्।
निष्काशित कर्मचारीहरुलाई स–सम्मान पुनर्वहाली गर्नुपर्ने मागप्रति बहुराष्ट्रिय कम्पनीको लगानी रहेको हेलो नेपालको व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघको एक टोलीले सानो भर्‍याङस्थित के.ए.टी.११९/२०३ आइडीको एनसेलको टावर ध्वस्त गरेको स्रोतले जानकारी गराएको छ। सानो भर्‍याङ, ठुलो भर्‍याङ र त्यसक्षेत्रको रिङ बाहिर ४ किलोमिटरसम्म क्षमतार राख्ने उक्त आइडीको टावरमा जडान गरिएका मख्य तार नै काटिदिएपछि त्यो अअवरुद्ध भएको छ। महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाई कमिटीद्धारा घोषित कार्यक्रम अन्तर्गत टावर अवरुद्ध गरेको महासंघले जनाएको छ।
एनसेल र हेलो नेपाल टेलिकमको साझा बहुराष्ट्रिय कम्पनी टेलियासोनेरा र हेलो नेपालका प्रवन्ध निर्देशक स्वस्तिका सुमार्गीले मजदुरहरुका मागहरुप्रति कुनै वास्ता नगरेकाले संघर्षका थप कार्यक्रम घोषणा गर्नु परेको महासंघको दावी छ। स्वस्तिका एमाओवादी अध्यक्ष प्रचण्डसँग विशेष सम्बन्ध रहेको भनेर चिनिएका अजय सुमार्गीकी श्रीमति हुन्।
म्ााग पुरा गराउन दवाव दिने उद्देश्यले भन्दै गत बुधबार पनि बुद्धनगरस्थित एक टावरको तार काटेर अवरुद्ध गरिएको थियो। विना नियुक्तिपत्र ४/४ वर्षसम्म प्राविधिक तथा अप्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुले नियुक्तिपत्रको माग गरेपछि हेलो नेपालका मालिक अजय सुमार्गीले गत जेठदेखि अहिलेसम्म पटक–पटक गरी ८७ जना कर्मचारीलाई जबर्जस्ती निष्काशन गरिसकेको छ। अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका संयोजक जन्मदेव जैसीले निष्काशित ८७ जना मध्ये ७६ जना पार्टीमा संगठित भई आन्दोलनमा उत्रिएको बताए। ‘उपत्यकामा रहेका एनसेलका सबै टावर निर्माण गर्ने तिनै कर्मचारी हुन्, आफ्नो श्रमको मूल्य नपाएपछि कर्मचारीहरु म्हासंघमा संगठित भएर आन्दोलन गरेकाले उक्त आन्दोलनप्रति हाम्रो पूर्ण समर्थन छ,’ जैसीले भने।
सुमार्गीको सो कदमका विरुद्ध निष्काशित कर्मचारीहरुले गत मंसीर २० गते हेलो नेपाल र एनसेल टेलिकम केन्द्रीय कार्यालयमा पुनर्वहालीको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। साता दिनको अल्टिमेटम राखी दिएको ज्ञापनपत्र उपर दुवै टेलिकमको व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि २ पुसदेखि अ.ने.क्रा.सं.छा.प्र.म.संघ हेलो नेपाल इकाई कमिटीले पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ।
इकाई कमिटीको उक्त आन्दोलनलाई नेकपा–माओवादी र उसको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले साथ दिएको छ। टावर अवरुद्ध गरेको ठाउँमा अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाई कमिटीको नाममा एक खवरदारी पत्र पनि टाँसिएको छ।  ‘टावर मर्मत नगर्न आग्रह गरिन्छ, यदि अटेर गरे स्थिति गम्भीर बन्ने चेतावनी दिन चाहान्छौं,’ सो पत्रमा भनिएको छ। गत आइतवार नै संघको इकाई कमिटीले भेण्डर सवकन सम्बद्ध टेक्नोलोजी सम्बन्धी काम गर्ने कम्पनीहरु जेड.टी.इ., हुवावे, मोविकन, जामिल, भिएस एण्ड भी, एस्टर, हिमटेल, जिटिएललगायतलाई पत्र बुझाउँदै फिल्डमा काम गरिरहेका प्राविधिक कर्मचारीलाई तुरुन्त फिर्ता बोलाउन भनिएको थियो।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......