लाइसेन्स विना अस्पताल प्रवेशमा रोक


२१ पुस, काठमाण्डौं । तपाई आफ्नो बिरामीलाई सवारीसाधनमा लिएर निजामती कर्मचारी अस्पताल जाँदै हुनुहुन्छ भने सवारीधनी परिचयपत्र (ब्लुबुक) र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोक्न नभुल्नुहोला।यी कागजात बोक्नु भएको छैन भने तपाईलाई अस्पताल प्रवेशको अनुमतिपत्र दिइने छैन् र बिरामी पर्काएर अर्कै अस्पताल लानुपर्ने बाध्यता सिर्जना हुन्छ ।


‘श्रीमतीलाई अचानक रक्ताचाप (ब्लड प्रेसर) को विरामले सताएपछि सोमबार राती १० बजे मोटरसाइकलमा लिएर निजामती अस्पताल गएँ तर ब्लुबुक र लाइसेन्स बोक्न छुटेकाले गेटबाटै फर्केर आउनुपर्‍यो’, तीनकुने निवासी हरि श्रेष्ठले भने ‘कति अनुरोध गर्दा पनि माथिबाट आदेश यस्तै छ भन्दै अस्पतालका सुरक्षाकर्मीले गेट प्रवेश नदिएपछि फर्काएर सिनामंगलको केएमसी अस्पताल लगेर उपचार गराँए ।’ उहाँ मात्र नभई अन्यले पनि यस्तो समस्या भोगेको खबर गोरखापत्रले छापेको छ ।

‘हामीले सवारीधनी परिचयपत्र वा अनुमतिविनाका सवारीलाई छोड्न मिल्दैन’, ड्युटीमा रहेका एक सुरक्षाकर्मीले भने ‘हामीलाई माथिबाट यस्तै आदेश आएको छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......