जुनसुकै
देशको कानूनी ब्यवस्थामा न्यायाधिशको स्थान सबै भन्दा मानथी मान्ने गरीन्छ
। भनिन्छ कि न्यायाधिश एक भगवनान जसरी फैसला गर्ने गर्छन । तर
ईण्डोनेशीयाको राजधानी जकार्तामा एक न्यायाधिश साहेबले साक्षात्कारका
क्रममा बलात्कार मामलामा यस्तो अभद्र टिप्पणी गरेका छन कि सबै शिर लाजले
झुक्न बाध्य भयो । मामला ईण्डोनेशीयाको सुप्रिम कोर्टमा निुत्तः हुन
आकांक्षी एक न्यायाधीशको साक्षात्कारको हो ,,जाहाँ उक्त न्यायाधिशले बलात्कार पीडित महिलाको सन्दर्भमा सबै सीमा नाघ्दै एक अभद्र मजाक गरे । न्यायाधिशले भने–“पीडितले पनि बलात्कारको मजा लीन सक्छिन्” ।
अंतरा
न्यूज एजेन्सिका अनुसार न्यायाधिश मुहम्मल दामिंग सनुसीले एक संसदीय समिती
समक्ष यो बेतुक र आपत्तिजनक मजाक गरेका हुन् । देशको सबै भन्दा ठूलो
अदालतमा नियुक्तिका लागी ति न्यायाधिश सनुसी साक्षत्कारमा उपस्थित भएका थिए
। साक्षात्कारका क्रममा बलात्कारका पीडकलाई मृत्यू दण्ड दिनु उचित हो कि
हाईन ? भनि सोधीएको सवालमा सनुसिले भने– “हुन सक्छ कि बलात्कारी र पीडित दुबैले त्यसको मजा लिएका हुन सक्छन,,यस्तोमा मृत्यूदण्डको सजायबारे दुई पटक सोँचनु जरुरी छ” ।
न्यायाधीश
सनुसीको यस्तो बेतुक कुरा सुनेपछि साक्षात्कारमा उपस्थित केहिले यस्को कडा
आलोचना गरे भनेँ केहिले गंभिर मजाक भनि टिप्पणी गरे । जब सनुसीको यो मजाक
सोसल नेटवर्किङ् वेबसाईटमार्फत सार्बजनिक भयो तब देशभर बिरोध शुरु भयो ।
मान्छेहरुले यस्तो ब्यक्तिलाई शिर्ष अदालतको न्यायाधीश बनाउन नहुने बताएका
छन् । यतिमात्र नभई कतिपयले त यस्तो न्यायायाधीशलाई गोली हानी मार्न सल्लह
दिएका छन् ।
