पशुपति अध्ययनमा भारतीय विज्ञको भर

ज्ञान न्यौपाने, काठमाडौं, माघ १० - पशुपति क्षेत्र विकास कोषले झिकाएको भारतीय विशेषज्ञ टोली पशुपतिनाथ मन्दिरको अवस्था अध्ययन गरेर फर्किएको छ। ‘भारतीय पुरातात्विक सर्भे'का इन्जिनियर, पुरातत्वविद, रसायनशास्त्रीसहित पाँच जनाको यो टोलीले १५ दिनभित्र रिपोर्ट बुझाउनेछ।
‘मन्दिर जीर्ण भएको कुरा आएपछि विस्तृत अध्ययन गर्न विशेषज्ञ झिकाएका हौं,' कोषका सदस्य सचिव सुशील नाहटाले भने, ‘उनीहरूले रिपोर्ट बुझाएपछि थप कुरा बाहिर आउँछ।'
टोलीले मन्दिर बाहिरैबाट अध्ययन गरेर गएको थियो। पशुपति मन्दिरभित्र भट्टबाहेकलाई प्रवेश नभएकाले धार्मिक मान्यताका कारण बाहिरबाटै अध्ययन गरेर टोली फर्किएको नाहटाले बताए। ‘उनीहरूले आफ्नो अनुभव र गर्न नसकेका कामबारे अन्य विशेषज्ञलाई देखाउनेछन्,' उनले भने।
भारतीय विशेषज्ञ टोलीले ८ दिन स्थलगत अध्ययन गरेको थियो। रिर्पोटले मन्दिरमा पुगेको क्षति, जीर्णेद्धारमा लाग्ने रकम र उपायबारे सुझाव दिने उल्लेख गर्दै नाटहाले अध्ययन भारतीय आर्थिक सहयोगमै भएको जनाए। कोषका अनुसार मन्दिरमा पानी चुहिने समस्या छ। मुसाले खोलेको र पुराना काठ जीर्ण हुँदै गएकाले मन्दिरै बांगिएको छ। भारतीय टोलीले अध्ययनमा नेपाली पुरातत्व विभागसँग सहकार्य गरेको थियो।
टोलीले मन्दिरका काठ र कुनाको नापो लिएको विभागका इन्जिनियर लक्ष्मण बासुकलाले जनाए। ‘प्रत्यक्ष अवलोकन र नापोका आधारमा उनीहरूले रिपोर्ट बुझाउने छन्,' उनले भने।
नेपाली विशेषज्ञको विरोध
स्वेदशी विषेषज्ञले भने भारतीयलाई अध्ययन गर्न दिइएकोमा आपत्ति जनाएका छन्। ‘नेपाली वास्तुकलाविद् मन्दिर बनाउन भारत, अमेरिकालगायत देश पुगेका छन्,' वास्तुकलाविद् एवं प्राध्यापक सुदर्शनराज तिवारीले भने, ‘हाम्रो देशको मन्दिरको अवस्था र बनावटबारे उनीहरूलाई कसरी थाहा हुन्छ?'
कोषसँग बु‰दा सल्लाहका लागि विशेषज्ञ बोलाएको जवाफ सदस्यसचिव नाहटाले दिएको उनले जनाए। नागरिकसँगको कुराकानीमा भने नाहटाले भने सम्पदालाई जोगाउन जुन देशबाट पनि विज्ञ ल्याउन सकिने बताए। नेपाली विशेषज्ञलाई बेवास्ता गरिएको दाबीबारे उनीसँगै पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले पनि भने, ‘नेपालमा अस्पताल हुँदाहुँदै मान्छे किन जचाउन विदेश पुग्छ त?'
वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल ४४-४५ सालदेखि पशुपतिको बाहिरी अध्ययन गरे पनि भित्री बनावटबारे कुनै पनि निर्णय लिन नसकिने बताउँछन्। रिमालका अनुसार मन्दिरको छाना र ढोका बांगिएको छ। मुसाले प्वाल पारेको समस्या मन्दिरको संरचनामा बाहिरबाटै देख्न पाइन्छ। ‘कोषको एक समितिमा हुँदा मैले पटकपटक समस्याको टिपोट गर्दै आएको छु,' उनले भने, ‘मन्दिरको जीर्ण अवस्थाबारे रिपोर्ट लेख्न भनिन्छ, तर भित्री भाग निरीक्षण नगरी यो असम्भव छ।'
नेपालका मठमन्दिरबारे नेपालीजत्तिको विज्ञ विदेशी हुन नसक्ने संस्कृति मन्त्रालयका पूर्व सहसचिव विष्णुराज कार्की बताउँछन्। ‘भारतमा परम्परागत छाने शैलीका नेपाली मन्दिर भारतको वनारसमा एक दुईबाहेक छैनन्,' उनले भने, ‘वनारसका तिनै मन्दिर बिग्रँदासमेत नेपाली विशेषज्ञ जाने गरेको उदाहारण हामीसँग छ।'
नेपाली विशेषज्ञलाई बेवास्ता गरिनुलाई उनी कोष र विभागको गैरजिम्मेवारीपन भन्छन्। सन् २००१ ताका भक्तपुरको ५५ ‰याले दरबार संरक्षण गर्न जर्मन प्राध्यापक वाल्टरम्यानले अध्ययन गरे पनि उनी नसक्ने भन्दै पछि नेपाली विशेषज्ञ टोलीले उद्धार गरेको दृष्टान्त उनले अघि सारे।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......