कृष्ण सिटौला र ईश्वर पोख्रेल अझै उपप्रधानमन्त्री

२५ पुस, काठमाण्डौं । संविधानसभा विघटनपूर्व सरकारमा सहभागी भएका काँग्रेस एमालेका मन्त्री बैधानिक रुपमा अहिलेकै सरकारमा छन् । कृष्णप्रसाद सिटौला र ईश्वर पोखरेलले उपप्रधानमन्त्रीका रुपमा दिएको राजीनामा प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म स्वीकृत गरेका छैनन् ।


प्रधानमन्त्रीको निजी सचिवालयले काँग्रेस र एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको राजीनामा प्रधानमन्त्रीले स्वीकृत नगरेको पुष्टि गरेको छ । सरकारलाई राष्ट्रिय स्वरुप दिनेगरी दलहरुबीच २१ बैशाखमा भएको सहमति अनुसार २३ बैशाखमा काँग्रेस र एमालेका नेताहरु भट्टराई नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीबाट पाँच, काँग्रेसबाट दुई र मधेशी मोर्चाबाट चार मन्त्रीलाई नियुक्त गरेका थिए । एमालेले २ जेठमा महासचिव पोखरेलको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो । अर्को दिन जेठ ३ मा प्रधानमन्त्री भट्टराईले एमालेबाट उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई राष्ट्रपतिसमक्ष शपथ खुवाएका थिए । त्यसबेला चार उपप्रधानमन्त्रीमध्ये पहिलो बरियतामा गच्छेदार,दोस्रोमा श्रेष्ठ, तेस्रोमा सिटौला र चौथोमा पोखरेल रहेको खबर नयाँ पत्रिकाले छापेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......