नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु


२२ पुस, काठमाण्डौं । पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार २० वर्षका प्रेम गुरुङको मध्यविन्दु सामुदायिक अस्पताल कावासोतिमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार गरिएको छ ।


मोटरसाईकलको पछाडी बसेका शिवमन्दिरका कृष्ण गुरुङ, लु ११ प २८१९ नम्बरको मोटरर्साकलका चालक अग्यौली ५ का ४४ बर्षका प्रसाद गुरुङ, सुमन परियारको मध्यविन्दु अस्पताल कावासोतिमा उपचार भईरहेको छ । पुर्वबाट पश्चिम तर्फ आउदैँ गरेको बा ९ च ४०३९ नम्बरको कार र बा ३३ प १४४० तथा लु ११ प २८१९ नम्बरको मोटरसाईल एक आपसमा ठक्कर खादाँ चार जना घाईते भएका हुन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......