११
माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले मुलुकको बिग्रँदो अवस्थाप्रति
गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको
विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै
पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
कमल थापाका एकमात्र छोरा सुवास थापाको
विवाहको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह थापानिवास पुग्नुभएको थियो
। त्यहाँ पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी
गर्नुभएको थियो ।
मुलुकलाई बिगारेर यो अवस्थासम्म पुर्याउन
विदेशीहरुले निकै ठूलो कसरत गरेको र अब मुलुकलाई सुधार्न योभन्दा बढ्ता
मेहनत गर्नुपर्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।
हिजो पूर्वराजालाई, आज नागरिकलाई
पूर्वराजालाई राप्रपा अध्यक्ष थापाका
छोराको विवाह भोज बुधबारै खुवाइए पनि अन्य नागरिकका लागि भने आज बेलुका ५
बजेदेखि आमी अफिसर्स क्लब भद्रकालीमा छुट्टै भोजको आयोजना गरिने भएको छ ।
विवाह निकै तडक-भडकका साथ गरिएको स्रोत बताउँछ ।
ठूला होटलहरुको नेटवर्कसँग सम्बन्धित बीड
कन्सल्टेन्सीमा काम गर्ने थापापुत्र सुवासको विवाह डिल्लीबजारस्थित भोजन
गृहका मालिक भरत बस्नेतकी जर्मनबाट एमबीए अध्ययन गरेर र्फकेकी छोरी
शुभेच्छा बस्नेतसँग भएको हो ।
