राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफल जारी


२१ पुस, काठमाण्डौं । सहमतिका लागि दलहरुलाई पटक पटक गर्दै सातौ पटक सम्म दिएको समयसीमा भित्र पनि राजनीतिक निकास ननिस्किएपछि आज फेरि राष्ट्रपतिले सामुहिक छलफल गर्दैहुनुहुन्छ । शीतल निवासमा जारी छलफलमा मधेशी मोर्चा सहित प्रमुख तीन दलका नेताहरुको सहभागिता रहेको छ । जारी छलफलमा अहिलेसम्म भएको सहमतिको प्रयास र अव दलहरूले चाल्ने कदमका बारेमा कुराकानी भर्इरहेको नेताहरूले बताएका छन् ।


बैठकबाट भर्खरै बाहिर निस्कनुभएका मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छादारले सहमति कायम गर्ने विषयमा छलफल भइरहेको र दलहरूले पुस २५ गतेसम्मका लागि समयसीमा थप गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

नेताहरुलाई सहमति गर्न आग्रह गर्दै राष्ट्रपतिले फेरि अर्को पटकको समयसीमा थप्नुहुने उहाँ निकट स्रोतले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार म्याद थप बाहेक राष्ट्रपतिसँगै अरु कुनै संबैधानिक आधार नभएको प्रमुखदलका शीर्ष नेताहरुसँग छलफल गरी राष्ट्रपतिले फेरि अर्को समयसीमा प्रदान गर्नुहुनेछ ।

पछिल्लो पटकको समयसीमामा एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव ल्याएको छ । तर विपक्षीदलले त्यसलाई अस्वीकार गरेका छन् । सरकारको नेतृत्वका विषयमा दलहरुले आ आफ्नो दावी गरेपछि राजनीतिक गतिरोध कायमै छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......