रौतहटका सञ्चारकर्मीले भट्टराई-दाहाललाई बहिष्कार गरे

बारा माघ १४- जिल्ला अधिवेशन कार्यक्रममा शनिबार रौतहटको गौर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई त्यहाँका स्थानीय सञ्चारकर्मीले बहिष्कार गरेका छन्। उनीहरुले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाईसमेत बहिष्कार गरे।
पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारबाही, पत्रकारको सुरक्षा तथा दैलेखबाट विस्थापित पत्रकारको पुनःस्थापना माग गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले कार्यक्रमलाई बहिष्कार गरेको हो।

रौतहटमा कार्यरत सञ्चारकर्मीले सरकार नेतृत्वको पार्टी अध्यक्ष, प्रधानमन्त्री र उपप्रधान मन्त्रीको कार्यक्रम बहिष्कार गर्दै सरकार विरुद्ध चर्को नाराबाजी गर्दै गरेका थिए।
नेपाल पत्रकार महासंघको शाखा कार्यालय शाखा अध्यक्ष शैलेन्द्रकुमार गुप्ताको आकश्‍मिक बैठक बसी हत्यारालाई कारबाही, पत्रकारको सुरक्षा, दैलेखका पत्रकारको पुनःस्थापना, प्रेस स्वतन्त्रता तथा समाचार संकलनमा अवरोध पुर्‍याएकाले एमाओवादी रौतहट जिल्लाको चौथो जिल्ला सम्मेलनमा एमाओवादी नेताहरुलाई बहिष्कार गर्ने निर्णय गरेका थिए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......