पत्रकार डेकेन्द्रको हत्या अभियोगमा ५ पक्राउ

२१ पुस, दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । थापा पत्नी लक्ष्मीले जाहेरी दिएको झण्डै ४ वर्षपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
शनिबार पक्राउ पर्नेमा लक्ष्मीराम घर्ती, जयबहादुर साही, वीरबहादुर केसी, निरक घर्तीमगर र हरिलाल पुन मगर छन् । उनीलाई भोलि अदालतमा उपस्थित गराइने प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
३ जना अभियुक्त भने फरार छन् । लक्ष्मीरामलाई पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा अन्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पत्रकार थापाको २०६१ साउन २७ गते माओवादी कार्यकर्ताले कुटपिट गरी हत्या गरेका थिए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......