७ माघ, पाँचथर । आफ्नै नाम थाहा छैन् ।
पैसा चिनेको छैन । भारी बोक्न जानेको छ तर बिसाउन जानेको छैन् । स्याल,
बाँदर, मयुर, बाघ र चराचुरुङीका आवाज दुरुस्तै निकाल्न आउँछ । सानोठूलो
जस्तो भएपनि साइनो दुइवटा मात्रै छ महिलालाई दिदि, पुरुषलाई दाजु । फेला
पार्ने त कुरै नगरौं, तपाईले यस्ता मान्छेको कल्पना पनि गर्नुभएको छैन्
होला । हो, ८४ बर्षसम्म जंगल, पाटी ओडार बसेका यी व्यक्ति यस्तै छन् ।
जंगलमै जन्मेका उनी हुन लालबहादुर
लामिछाने । पाँचथर सुभाङ २ एकचेपास्थित जंगलमा रहेको धर्मशाला पाटीमा
जन्मेर यत्रो बर्ष विताएका लालबहादुर जीवनमै पहिलोपटक सदरमुकाम फिदिम
आइपुगेका छन् । बाल्यकालमै विवाह भएर पति वियोगमा परेपछि पाटीमा बस्दै आएकी
एक महिलाले जन्म दिएकी हुन् लालबहादुरलाई ।
पति वियोगपछि मानसिक सन्तुलन गुमाएकी ती
महिला जंगलकै पाटीमा बस्थिन । खानेकुरा खोजमेल गरेर छोरो पाल्थिन् । सुभाङ
गाविका प्राविधिक सहायक वेदप्रकाश मिश्रका अनुसार ती महिलाले जंगलमै दुई
छोरी र एक छोरा जन्माइन् । तर, छोरी भने सानैमा वितेका थिए । लालबहादुर
आमासँगै कहिले पाटी त कहिले बस्ती नजिकै खेतबारीमा बनाइएका कटेरामा बस्थे ।
२०३५ सालमा उनीहरु बस्ने कटेरामा आगलागी भएपछि लालबहादुरकी आमा पनि वितिन्
। अनि एक्ला भएका उनी जंगलकै ओडारमा बस्न थाले ।
पाटीमै जन्मिहुर्केको हुनाले लालबहादुरलाई
गाउँलेले पाटीकाले भनेर बोलाउने गरेको अन्नपूर्ण पोष्टमा खबर छ । सुभाङ २
काबृद्ध टंकप्रसाद मिश्रका अनुसार लालबहादुरकी आमाको गाउँलेले मिलेर काज
किरिया गरिदिएपछि उनी संगत गाउँलेसँग बढेको र ओडारमा बस्ने उनी भदौ र
मंसिरमा गाउँ पसेर मकै र धानलगायतका अन्न बटुलेर जीवन चलाउने गरेका छन् ।
