६ माघ, झापा । भारतीय मजदूरले सस्तोमा काम
गर्न थालेपछि मोरङको कानेपोखरी-रंगेली सडकको स्तरोन्नतीमा काम गरिरहेका
नेपाली कामदारलाई भारतीय ठेकेदार कम्पनी जिभिआर हन्प|mा प्रोजेक्ट
लिमिटेडले नेपाली कामदारलाई हटाउन थालेको छ ।
नेपाली कामदारको सट्टा भारतीय ५०
कामदारलाई काम लगाइएपछि नेपाली मजदूर बेरोजगार बनेका छन् । नेपालीहरु काम
ठग्छन् भन्दै आफूहरुलाई विदा दिएको त्यही काम गर्ने एक मजदूरले बताए ।
तल्लो तहका नेपाली कामदारलाई दैनिक ३ सय ५० रुपैयाँमा काम लगाएको अवस्थामा
पेटी ठेकेदारले ३ सय रुपैयामा भारतीय कामदारलाई काम लगाएर नेपाली कामदारलाई
विस्तापित गरेको तामाङले बताए । कामदारलाई विदा दिनुपूर्व कम्पनीले भाडामा
दिएका नेपाली ट्रयाक्टर, पानी बोक्ने ट्यांकर र केही टि्रफरसँगको सम्झौता
पनि रद्ध गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।
