अश्लिलपन बेच्न खोज्नेहरु आँफै पलायन हुने क्रममा छन भैरहेकाछन्-चन्दा दाहाल

झापा बुधवारेकी नव-नायीका चन्दा दहाल सानो पर्दाको फिल्म 'अस्तित्वको लडाईं' मार्फत आज भन्दा ५बर्ष अघी कला क्षेत्रमा प्रबेश गरेकी हुन। 'अस्तित्वको लडाईं' पछी 'जुनी भरिलाई' लगायत करिव आधा दर्जन सानो पर्दाको चलचित्रहरुमा नायिकाको रुपमा आफ्नो अभिनय कलालाई प्रस्तुत गरी सकेकी चन्दाले प्रकृत रानाको 'यो जूनिमा साथ दिन सकेनौ' बोलको गीतमा मोडलको रुपमा पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन। त्यसपछी करिब डेड दर्जन जती म्युजिक भिडियोमा अभिनय गरेकी चन्दाको पहिलो
ठुलो पर्दाको चलचित्र भने 'बडिगार्ड' हो। यसमा चन्दा बहिनिको छोटो तर निक्कै महत्वपूर्ण भूमिकामा देखा परेकी छिन्।अब आउने चन्दाका चलचित्रहरु हुन भर्जिन,यूज र 'अर्थ यो प्रेमको',अब प्रस्तुत छ यिनै नव-नायिकासँग झापाली आवाजले (विक्रम पालुन्ग्वाले) गरेको कुराकानीको सार संक्षेप-

झा.आ.- झापाली आवाजमा स्वागत छ यँहालाइ।
चन्दा- धन्यवाद ।
झा आ- अहिले के गर्दै हुनुहुन्छ?
चन्दा- भर्खरै 'अर्थ यो प्रेमको' सुटिङ सकेर पोखराबाट आएर बसेकी छु।
झा आ - कला क्षेत्रमा तपाईंको प्रबेशको बारेमा बताइ दिनु हुन्छ कि?
चन्दा- म ५ बर्ष अघी सानो पर्दाको चलचित्र 'अस्तित्वको लडाईं' मार्फत यस क्षेत्रमा आएकी हुँ।त्यसपछी म्युजिक भिडियो बिज्ञापन हुँदै 'बडिगर्ड' मार्फत ठुलो पर्दाको चलचित्रमा आएकी हुँ।
झा आ- भने पछी तपाईंले निक्कै संघर्ष गर्नु पर्‍यो अहिले अवस्थामा आईपुग्नलाई?
चन्दा- हजुर संघर्ष गर्नुनै पर्छ हरेक काम गर्दा मैले पनि संघर्ष गरेर आएकी हुँ।
झा आ- अभिनय र डान्सको प्रशिक्षण लिएर आउनु भएको हो?
चन्दा- हजुर लिएर आएकी हुँ।
झा आ- के फरक हुदो रहेछ सानो पर्दा, म्युजिक भिडियो र बिज्ञापन अनी ठुलो पर्दाको चलचित्रमा?
चन्दा- सानो पर्दाको चलचित्रको बजार सानो, म्युजिक भिडियो र बिज्ञापनमा छोटो समयमा रेस्पोन्स पाईन्छ भने ठुलो पर्दाको चलचित्र गर्दा बजार ठुलो रेस्पोन्सको लागि समय पनि अलिक धेरै लाग्ने फरक यति नै हो।
झा आ- कला क्षेत्रमा आउनु भएको छ,परिवारको सपोर्ट कतिको पाइरहनु भएकोछ?
चन्दा- मलाई मेरो परिवारबाट सपोर्ट भएर नै यहाँ सम्म आउनु सकेकी हुँ, अनी मित्र चन्दा लिम्बुको हौसला पनि मेरो लागि ठुलो सहयोग हो यस क्षेत्रमा आउनुलाई।
झा आ- हाम्रो समाजमा चलचित्रका नायीकालाई इज्जतले हेरिदैन भनिन्छ नी ?
चन्दा- यो पहिले हो, अहिले होइन। पहिला चलचित्रमा लाग्न केही नायीकाहरु बदनाम भएका पनि थिए। त्यसले गर्दा हेर्न दृष्टीकोण नराम्रो थियो। अहिले एडभान्सको जमाना हो। चलचित्र क्षेत्रमा एक से एक नायीकाहरु प्रबेश गरेका छन्। तिनले गर्दा हेर्न दृष्टीकोण फेरीएको छ।
झा आ- अहिले नेपालि चलचित्रमा ग्लामरको नाममा अंग प्रदर्सन गर्ने र अशलिल संवादको प्रयोग बढेको छ नि यसलाई तपाईं के भन्नु हुन्छ? के यो राम्रो हो?
चन्दा- केहीमा कसै कसैले नगरेको होइनन तर श्लील अनी परिवार सँग बसेर हेर्ने चलचित्र पनि बनिरहेकाछन फेरी त्यस्ता अश्श्लिलपन बेच्न खोज्नेहरु आँफै पलायन हुने क्रममा छन भैरहेकाछन् किनकी त्यो सहि होइन त्यसैले।
झा आ- चन्दाबाट चै के अपेक्षा गर्ने त दर्शकले?
चन्दा- मबाट नेपालीपन अनी परिवारसँग बसेर हेर्न मिल्ने चलचित्रको अपेक्षा गर्णु सक्नु हुन्छ।
झा आ- तपाईंका आउँदा चलचित्रहरुमा तपाईंलाई कस्तो कस्तो भूमिकामा देख्न सकिन्छ?
चन्दा- बडिगार्डमा बहिनिको भूमिकामा थे भने भर्जिनमा आईटम गर्ल प्लस c.i.d. अफिसर,यूजमा कलेज लवर गर्ल अनी अर्थ यो प्रेमकोमा लवर गर्लको भूमिकामा देखा पर्नेछु।
झा आ- तपाईंका यि चलचित्रहरु कहिले सम्ममा दर्शकहरुले हेर्नु पाउनु हुनेछ?
चन्दा- माघमा यूज रिलिज हुँदैछ भर्जिन फाल्गुनमा अनी सम्भवत बैशाख सम्ममा अर्थ यो प्रेमको।
झा आ- मंसिर त गयो माघ आउँदैछ बिहे गर्ने होला नि?
चन्दा- अहिले बिहे हाहाहाहा............... (लामो हासो) सोचेकै छैन,
भर्खर त लक्ष्य र सपनालाई पछ्यौदैछु। बिस्तारै गरौला।
झा आ- उमेर भएन र?
चन्दा- उमेर त पहिला मेरो मम्मिको तुलनामा भयो तर अहिलेको जेनेरसनमा होइन।
झा आ- सेक्स के हो?
चन्दा- प्राकृतिक देन अनी भगवानको उपहार र सृस्‍टि चलाऊने मध्यम।
झा आ- फेसबूक कत्तिको चलाऊनु हुन्छ?
चन्दा- ठिकै मात्र।
झा आ- अन्तमा तपाईंका दर्शकहरुलाई के भन्न चाहनु हुन्छ?
चन्दा- मेरा आदरणिय दर्शकहरुलाई मेरा आउँदा मुभि हेरेर मेरा कमिकम्जोरी औलाई दिई मलाई आगामी दिनहरुमा यहाँहरुको ईच्छा अनुरुप काम गर्न सजिलो बनाइ दिनु हुन अनुरोध गर्दछु।
झा आ- हाम्रो लागि समय दिनु भएकोमा धन्यवाद ।
चन्दा- तपाईंलाई पनि मेरा कुराहरु राख्ने अवशर दिनु भएकोमा धन्यवाद।

हेरौ विडियो .....   

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......