नेपालमा २७ व्यवस्थित शहर बन्ने

२४ पुस, काठमाण्डौं । नेपालका विभिन्न २७ स्थानमा व्यवस्थित ढंगले शहरीकरणको विकास गरिने भएको छ । सरकारले सम्भावित शहरोन्मुख स्थानलाई छनोट गरी व्यवस्थित ढंगले शहर निर्माण गर्ने भएको हो ।


शहरी विकास मन्त्रालयले मध्यपहाडी लोकमार्ग अन्तर्गत ५ विकास क्षेत्रमा १० स्थानमा र उत्तर दक्षिण लोकमार्गअन्तर्गत ६ स्थानमा शहर निर्माण गर्ने जानकारी दिएको छ ।

त्यस्तै गरी एकीकृत शहरी विकास आयोजनाअन्तर्गत ५ स्थानमा व्यवस्थित शहर निर्माण गर्ने योजना बनाइएको शहरी विकास मन्त्रालयका सहसचिव इन्जिनियर विनोदचन्द्र झाले जानकारी दिनुभएको खबर नेपाल समाचारपत्रले छापेको छ ।

इन्जिनियर झाका अनुसार ६ स्थानमा व्यवस्थित ढंगका साना शहर निर्माण गर्न लागिएको छ । जथाभावी भौतिक संरचना बनाएर पछि पाउनुभन्दा अहिले नै योजनाबद्ध ढंगले शहर निर्माण गर्न लागिएको झाले बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......