ढुकुटी कारोबारकै कारण मानिसहरुले
आत्महत्या गर्ने क्रम बढे पनि हिजो आज रसिदकै प्रयोग गरी खुलेआम ढुकुटी
खेल्न थालिएको खबर कारोबार दैनिकले छापेको छ । बैंक तथा वित्तीय संस्थाबाट
ऋण नपाइनु र सहकारी संस्थाले पनि ऋण दिन आनाकानी गर्नुले खुलेआम ढुकुटी
कारोबार बढेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताएका छन् ।
‘ढुकुटी खेल्नु/खेलाउनु दुवै गैरकानुनी
हुन्’ ज्ञवालीले भने ‘यस्तो कारोबारमा कोही पनि आकषिर्त हुनु हुँदैन्,
कसैले ढुकुटी खेलाएर ठगी गर्न खोज्छ भने नजिकको प्रहरीलाई खबर गरी
सर्वसाधारणले पनि सहयोग गर्नुपर्छ ।’
