९ माघ, काठमाडौं । फेसबुकबाट ‘लभ’ परेको
भन्दै काठमाडौंबाट धनकुटाको दुर्गम गाउँ मौनाबुधुकस्थित केटाको घरमा पुगेकी
किशोरीलाई स्थानीय हेमकर्ण कोइरालाले श्रीमतीका रुपमा स्वीकार गरेका छन् ।
कोइराला
कतारमा रहेका बेला फेसबुकबाटै चिनजान भई विवाह गर्ने बचन दिएको भन्दै
काठमाडौंको चाबहिल घर बताउने सबिना अधिकारी मौनाबुधक-८, कोइरालागाउँस्थित
हेमकर्णको घरमा पुगेकी थिइन् । तर, केटाले आफूलाई विवाह गर्न नमानेपछि
सबिनाले धनकुटा सदरमुकाम आएर मानवअधिकारवादी संस्थाहरु गुहारेकी थिइन् ।
शुरुमा विवाह गर्न नमानेका कोइराला महिला अधिकारकर्मीहरुको सुझावपछि
मंगलबार विवाहका लागि राजी भएको पारिवारनिकट स्रोतले अनलाइनखबरलाई बतायो ।
केटीले आफ्नो घर काठमाडौंको चाबहिल बताएको
कोइरालानिकट स्रोत बताउँछ । सविना काठमाडौंबाट आफैं केटाको घर पुगेको खबर
पाएपछि हेमकर्ण तीनदिन अघिमात्रै कतारबाट घर आएका हुन् । शुरुमा उनले
केटीलाई नचिनेको बताएका थिए । पिताको निधन भएपछि रोजगारीका लागि कतार
पुगेका हेमकर्ण अविवाहित थिए । उनी एक्ला छोरा हुन् ।
केटीले आफ्नो ठेगाना गौरीघाटबाट खरीबोट
जाने बाटोमा घर नम्बर २२२९ भएको बताएकी छन् । दोलखा पुख्र्यौली घर भएकी
सविना पुस्कर अधिकारी र सीता अधिकारीकी छोरी हुन् ।
