आजदेखि १४ घण्टा लोडसेडिङ

६ माघ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्ने बताउँदै आएपनि आजदेखि लोडसेडिङ १४ घण्टा हुने भएको छ । नेपाल विद्युत्त प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।

‘एक दिन १३ घण्टा र अरु दिन १४ घण्टाको दरले लोडसेडिङ हुनेछ’ प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीलाई अनलाइनखबरसित भन्नुभयो ।
जलाशयहरुमा पानीको बाहव घट्दै गएको र माग अनुसार आपूर्ति हुन नसकेकाले लोडसेडिङ बढाउन परेको प्राधिकरणको भनाई छ । यसअघि १२ घण्टाको दरले लोडसेडिङ हुँदै आएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......