१९ पुस, सिन्धुली । सिन्धुली जिल्ला
कारागारमा कैदी बन्दीबीच झडप हुँदा तरूण दलका कार्यकर्ताको मृत्यु भएपछि
तनावग्रस्त बनेको सदरमुकाम सिन्धुलीमाढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश
जारी गरेको छ ।
ज्यान मार्ने उद्योगमा जेल सजाय भोगिरहेका
तरूण दलका कार्यकर्ता निरज देवकोटाको मृत्यु भएपछि
कांग्रेस कार्यकर्ता र
स्थानीयले प्रदर्शन गर्दा सदरमुकाम तनावग्रस्त बनेको थियो ।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासनमा ढुङ्गामुढा गर्नुका साथै सडकमा टायर
बालेर बजार र यातायात बन्द गरेपछि स्थीतीलार्इ नियन्त्रणामा लिन सदरमुकामको
कमलामाई नगर क्षेत्र भित्र अपहृान्न ४:३० बजेदेखि लागु हुने अनिश्चितकालका
लागि गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज
आचार्यले जानकारी दिनुभयो ।
जिल्ला कारागामा रहेका कैदी, वन्दीहरुबीच
बुधबार राति दोहोरो झडप हुँदा चौकीदार समेत रहेका कैदी देवकोटाको मृत्यु
भएको थियो । झडपमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा
बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान मार्ने उद्योगमा ५ वर्ष र
सार्वजनिक अपराधमा २ वर्ष कैद सजाय पाएका उनी गत असारमा पक्राउ परेका थिए ।
झडपमा परी अन्य सातजना कैदी समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि कारागार पुनः लगिएको छ ।
यसैबीच नेपाली कांग्रेसले घटनाको राज्यको
मात्रै पहुँच रहेको हिरासतमा एउटा नागरिक सुरक्षित रहँदैन भने को कहाँ
सुरक्षित छ भन्ने प्रश्न उठाएको बताएको छ ।
कांग्रेसले विज्ञप्ती जारी गरि घटनाको
निष्पक्ष छानविन गर्न एक उच्च स्तरीय न्यायिक छानविन आयोग गठन, दोषीमाथी
कार्वाही र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।
घटनाको यथार्थ बुझ्न केन्द्रीय सदस्य
आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष
उदयशम्शेर राणा र डेमोक्रेटिक लयर्स एशोसिएसन सिन्धुलीका अध्यक्ष रहेको
समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
