एसएलसीमा निष्कासितले दुई बर्ष परीक्षा दिन नपाउने

७ माघ, काठमाण्डौं । एसएलसी परीक्षामा निष्कासित हुने विद्यार्थीले दुईबर्षसम्म परक्षिा दिन नपाउने भएका छन् । अनियमितता गरी कुनै विषयमा निस्कासित भएका विद्यार्थीले पूरक परीक्षासमेत दिन नपाउने व्यवस्था शिक्षा मन्त्रालयले गरेको छ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गरी मन्त्रालयले कारबाही कडा पारेको हो । विगतमा कुनै एक विषयमा विद्याथीए निष्कासित भएमा पूरक परीक्षा दिन पाउने व्यवस्था थियो । यस बर्षदेखि भने एउटा विषयमा ‘एक्सपेल्ड’ भएमा ‘एक्ज्याम्टेड’मा पर्ने निर्देशिकामा उल्लेख छ ।
एउटा विद्यार्थीको परीक्षा अर्कैर् विद्यार्थीले दिएको पाइएमा दुईबर्षसम्म परीक्षा नै दिन नपाउने व्यवस्था गरिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । सट्टा विद्यार्थी राख्नमा केन्द्राध्यक्षको नै संलग्नता पाइएमा यस्ता केन्द्राध्यक्षले विभागीय कारबाही भोग्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गणेश ढकालले माध्यमिक शिक्षा उर्त्तीण परक्षिा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ संशोधन गरिएको जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......