मधुसुधन गुरागाईं, बनेपा, माघ ९ - सरकारी निकायको बेवास्ताका कारण रेशम किराको मातृस्रोत(प्योरलाइन) रहेको रेशम खेती विकास शाखास्थित मुलुककै एकमात्र जर्मप्लाज्म बैंकमा संकट निम्तिएको छ। वर्षेनी कटौती हुँदै आएको बजेटकै कारण यहाँको जर्मप्लाज्म बैंकमा संरक्षण हुँदै आएका ३५ जातका मातृस्रोत रेशम किरा लोप हुने अवस्थामा पुगेका छन्। यी प्योरलाइन जापान, कोरिया, लाओस, भारत, पाकिस्तान, बंगलादेशबाट ल्याइएका हुन्। नेपालमा खेती गर्न विगतमा जापान र कोरियाबाट रेशम किराको फुल ल्याएर किरा निकाल्नुपर्ने अवस्थालाई केही वर्षदेखि यहाँको जर्मप्लाज्म बैंकले मद्दत गर्दै आएको छ।
'विभिन्न मित्रराष्ट्रले सहयोग गरेका र किनिएका रेशम किरा प्योरलाइनलाई हालसम्म जसोतसो संरक्षण गर्दै आएका छौं,' शाखा प्रमुख वरिष्ठ रेशम खेती विकास अधिकृत सोमनाथ घिमिरेले जानकारी दिए। 'अब यी रेशम किरालाई जोगाउन समस्या थपिने क्रम बढ्दो छ,' उनले भने।
रेशम किरापालन हुने सिजनमा मात्रै वर्णशंकर किरा निकाल्नुपर्ने भएकाले यहाँ संरक्षित प्योरलाइनलाई कोल्ड रुममा साढे २ डिग्री तापक्रममा राख्दै आइएको छ। 'कोल्ड रुममा साढे २ डिग्रीमा राख्दा सुसुप्त(डायपोज) अवस्थामा रहने हुन्छ। किसानको माग हुने सिजनलाई किरा निकाल्न तापक्रम बढाउँदै लगिन्छ,' प्योरलाइन युनिटका प्राविधिक गणेश पहरीले भने।
शाखामा रहेका ५ वटा कोल्ड रुममध्ये ३ वटा बिग्रिएका छन्। बाँकी दुईवटा जेनतेन चल्दै आएका छन्। यिनै कोल्ड रुममा प्योरलाइनलाई संरक्षण गरिएको छ। '१५ वर्षअघिका कोल्ड रुम भएकाले काम नलाग्ने भइसकेका छन्,' पहरीले भने।
जाइकले दिएको इन्क्युबेटरहरुसमेत बिग्रेकाले सुसप्त अवस्थाका किरालाई एकैपटक तापक्रम बढाउँदा कम गुणस्तरको किरा निक्लने इन्क्युबेसन युनिटका प्राविधिक विष्णुबहादुर केसी बताउँछन्।
'गुणस्तरीय रेशम किरा उत्पादन गर्न साढे २ बाट ५, १०, १५ हुँदै २० डिग्री तापक्रम पुर्या्उनुपर्छ। उपकरणहरुको मर्मत र फेरबदल नहुँदा मट्टीतेल हिटर बालेर तापक्रम बढाउनुपरेको छ,' उनले भने।
विगतमा एयरकन्डिसनयुक्त कोठामै यो कार्य हुँदै आएको थियो। भएका ६ वटा विन्डो एयरकन्डिसनरहरु बिग्रिएपछि समस्या आएको केसी बताउँछन्।
जाइका र कोइकाले सुरुमा प्राविधिक सहयोग र उपकरणहरु सहयोग गरेका थिए। पछि यी सबै सहयोगहरु बन्द भएपछि अत्यावश्यक कुराका लागि सरकारी बजेटमै भर पर्दै आएको छ।
चार वर्षअघि जाइकाले यहाँको एयरकन्डिसनहरु मर्मत तथा सम्भारका लागि ११ लाखको बजेट अनुमान गरेको थियो। 'तत्कालीन अवस्थामा सरकारले नै सहयोग गरेको भए कम खर्चमा हुन्थ्यो होला। अब त अन्य उपकरणसमेत पुराना हुने क्रमसँगै बिग्रन थालेकाले थप खर्च आवश्यक हुन्छ,' शाखा प्रमुख घिमिरेले भने।
गत वर्ष सवा करोड बजेट रहेकोमा यस वर्ष ९९ लाखमात्रै रहेको उनी बताउँछन्। 'बजेटको अधिकांश हिस्सा खोपासी, स्याङ्जा, भण्डारा, धनकुटा, धुनिबेसी, बन्दिपुर, इटहरी र चित्तपोलका फार्म/कार्यालयको तलब र कार्यक्तममा खर्च हुन्छ। यसमा किसानको सुविधा, तालिम, रेशमखेती सहयोग कार्यक्रम केही पनि समावेश छैन,' उनले भने।
३५ वर्ष व्यावसायिक किट विज्ञान आयोजनाका रुपमा खोपासीबाट मुलकमै पहिलोपटक रेशम खेती विस्तार हुँदै आएको हो। व्यवस्था परिवर्तनसँगै अहिले आयोजना पनि शाखाका रुपमा खुम्चिएको छ। रेशम खेती गर्न इच्छुक किसानलाई यहाँ आवासीय र प्रयोगात्मक तालिम दिइने गरिन्छ। यहाँबाट उत्पादन भएका विभिन्न जातका रेशम किरालाई किसान तहसम्म पाल्न पठाउँदै आइएको छ।
नेपाली रेशमलाई विदेशमा औधि रुचाइएको भए पनि सरकारी बजेट कटौती र अनुदान कम हुँदा किसानले व्यावसयिक रुपमा रेशम खेती अंगालेको पाइँदैन। यसैले आर्थिक वर्ष ०५२/०५३ सम्ममा ५२ जिल्लामा विस्तार भएको रेशम खेती खुम्चिएर यतिखेर २२ जिल्लामा सीमित हुन पुगेको छ।
'अन्य परम्परागत खेतीभन्दा फरक भएकाले प्राविधिक सेवा र सुविधा आवश्यक पर्ने हुन्छ। यसका लागि अनुदान बढाउनुपर्नेमा झन घट्दो छ,' घिमिरेले भने।
'वर्षको दुईपटक कीरा पाल्न सकिन्छ। एक बाकस कीरा पालेर किसानले सरदर १५ किलो धागो उत्पादन गर्न सक्छन्,' घिमिरेले भने, 'एक किलो नेपाली रेशम धागो ३२ सयमा सजिलै बिक्छ।' शाखाले एक बाकस किराका लागि एक सय रुपैयाँ लिँदै आएको छ।
चीन र भारतबाट वार्षिक साढे २ सय टन रेसम धागो आयात गरेर त्यसैबाट बनेका रेशमजन्य उत्पादन पुनः विदेश निर्यात भइरहेको घिमिरे बताउँछन्। 'अन्यत्रको रेशम धागो एकनास देखिन्छ तर नेपाली रेशम धागोको बनावट एकैनासको नहुँदा विदेशीहरु यसलाई नेचुरल मान्छन्। अहिले विदेशी रेसमलाई नेपाली लेबुल लगाएर पठाउँछन्,' उनले भने।