एचआईभी संक्रमण रोक्ने जेल !

hivकाठमाडौ, पुस २३ – योनीमा लगाउने जेल एचआईभीको संक्रमण रोक्न प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । शोधकर्ताहले उक्त जेलको बाँदरमा सफल परीक्षण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन् । उनीहरुले पत्ता लगाएको जेलले एचआईभीको संक्रमणलाई योनी भित्र छिर्न नदिने शोधकर्ताहरुको भनाई छ ।
अनुसन्धानको क्रममा ६ वटा बादरको यौनीमा जेल लगाएर एक
घण्टापछि उनीहरुको योनीबाट एचआईभी भाइरस पठाइएको थियो । तर अचम्म, ती मध्ये ५ बादरमा एउटै पनि संक्रमण भेटिएन् ।
उक्त जेल बनाउन प्रयोग गरिएको रसायनले एचआईभी भाइरस छिर्ने मानव सेलबाटै त्यसलाई रोक्ने अनुसन्धानकर्ताहरुको भनाई छ । फ्रान्स रिसर्च एजेन्सीको सहयोगमा उक्त अनुसन्धान गरिएको हो ।
यो खोज एचआईभीको उपचार र औषधी बनाउन तल्लिन बैज्ञानिकहरुको लागि पनि खुशीको खबर बनेको छ । बादरमा गरिएको यो सफल प्रयोगले यौन सम्पर्क गर्दा एचआईभी नसर्ने उपाय पत्ता लगाउने एउटा हतियार सावित हुनसक्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......