राष्ट्रपतिले संविधानको पूजा गरेर बस्न मिल्दैनः पौडेल

Photo: राष्ट्रपतिले संविधानको पूजा गरेर बस्न मिल्दैनः पौडेल

२१ पुस, पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको शनिबार पोखरामा उद्घाटन गर्दै पौडेलले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक भनेर पूजा गरेर बस्न उचित नहुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले अब संसदीय प्रणालीको मान्यताअनुरुप अब नयाँ प्रधानमन्त्री दिनु पर्ने उहाँको भनाई थियो ।

संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको एउटा आशाको केन्द्र रहेको भन्दै उहाँले कसैले पनि बोल्ने ठाउँ नराखीकन राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

संविधानसभा विघटन गर्न हतार भयो तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराई हटाउन कसैको पनि हतार गरेनन् भन्दै उपसभापति पौडेलले संसद् छँदै भट्टराईलाई हटाउन केहीले असहयोग गरेको भन्दै गुनासो पोख्नुभयो ।२१ पुस, पोखरा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले संविधानको पुस्तक पूजा गरेर बस्न नमिल्ने बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको शनिबार पोखरामा उद्घाटन गर्दै पौडेलले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक भनेर पूजा गरेर बस्न उचित नहुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले अब संसदीय प्रणालीको मान्यताअनुरुप अब नयाँ प्रधानमन्त्री दिनु पर्ने उहाँको भनाई थियो ।

संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको एउटा आशाको केन्द्र रहेको भन्दै उहाँले कसैले पनि बोल्ने ठाउँ नराखीकन राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

संविधानसभा विघटन गर्न हतार भयो तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराई हटाउन कसैको पनि हतार गरेनन् भन्दै उपसभापति पौडेलले संसद् छँदै भट्टराईलाई हटाउन केहीले असहयोग गरेको भन्दै गुनासो पोख्नुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......