१७ पुस, काठमाडौं । राजधानीमा एकाएक चिसो
बढेपछि ललितपुरको पाटनमा आफ्नो एक महिने शिशुलाई जाडोबाट जोगाउन कोइला
बालेर सुतेका बाबुको कोठाभित्रै गुम्सिएर मृत्युभएको छ भने आमाको दुई
दिनसम्म होस खुल्न सकेको छैन ।
कोइला बालेर कोठामा सुतेको अवस्थामा
धनकुटा, खोकु घर भई पाटनमा डेरा गरी बस्ने अञ्दाजी २० वर्षका
भीमबहादुर
राईको आइतबार राति गुम्सिएर मृत्यु भएको हो । सोमबार बिहान अबेरसम्म राई
दम्पत्तिको चालचुल नदेखेपछि छिमेकीहरुले ढोका फुटाएर हेर्दा भीमबहादुर मृत
भेटिएका थिए भने श्रीमती बेहोस अवस्थामा थिइन् । शिशुलाई भने केही भएको
थिएन ।
मृत राईको सोमबार पशुपतिमा दाहसंस्कार
गरिएको छ । पाटन अस्पतालमा रहेकी उनकी पत्नीको मंगलबार बेलुकासम्म होस
खुलेको छैन । पहिलो सन्तानका रुपमा जन्मिएको डेढ महिनाको छोराको अवस्था भने
सामान्य रहेको धनकुटा घर भई ललितपुर बस्ने चेली राईले अनलाइनखबरलाई बताइन्
। ‘बच्चालाई हामीले दूध खुवाइरहेका छौं, आमाको अझै होस खुलेको छैन । –
उनले भनिन् ।
