सहमति पहिले नै च्यातियो : ओली

१२ माघ, दोलखा । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीले विगतमा भएका सबै सहमति च्यातिसकेको आरोप लगाउनुभएको छ ।


दोलखाको चरिकोटमा भएको कार्यक्रममा नेता ओलीले १२ बुँदे लगायतका विभिन्न सम्झौता माओवादीले पालना नगरेकाले त्यो च्यातेभन्दा पनि घातक भएको बताउनुभयो । प्रेस चौतारीले गरेको कार्यक्रममा नेता ओलीले भन्नुभयो-’सहमति पालना नगर्नु भनेकै च्याते सरह हो, माओवादी नेताले सहमति च्यात्छौं भनेर दिएको धम्कीको कुनै तुक छैन, यसबाट हामी डराउँदैनौं ।’

अहिलेको सरकार शान्ति प्रक्रिया भाड्ने षडयन्त्रमा लागेको पनि आरोप लगाउनुभयो

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......