अंग्रेजी नयाँ बर्षको अवसरमा बलिउडमा
चुलबुले नायिकाको उपनामले चिनिएकी परिणिती चोपडाले धुम मच्चाएकी छिन् ।
मुम्बइको एमबी बैली सिटीमा आयोजना गरिएको विशेष कार्यक्रममा उनले थुप्रै
गीतमा नृत्य गरेकी थिइन् । परिणितीले नृत्य गर्दा एमबी बैली सिटीको माहोल
खुबै गर्माएको थियो ।कार्यक्रम
उनीसगै अर्जुन कपुरले पनि धमकेदार प्रस्तुती राखेका थिए । ‘लेडिज भर्सेज
रिक्की बेल’ बाट बलिउडमा भित्रिएकी परिणिती छोटो समयमै स्थापीत हुन सफल
छिन् । उनले यो चलचित्रबाट मात्र आजसम्म १७ वटा अवार्ड पाइसकेकी छिन् ।




