सार्वजनिक यातायातमा महिला दुर्व्यवहार रोक्न सादा पोशाकका प्रहरी


भक्तपुर, माघ २ - सार्वजनिक यातायातका साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी परिसर भक्तपुरले आजदेखि अभियान सुरु गरेको छ। परिसरले महिला हिंसा रोक्न भक्तपुर हुँदै काठमाडौँ, ललितपुर र काभ्रेतर्फ जाने सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी परिचालन गरी यस्तो अभियान सुरु गरेको हो।


सार्वजनिक सवारी साधनमा महिलाले विभिन्न खालका हिंसा भोग्नु परेको व्यापक गुनासो आएपछि यातायातका साधनमा दुई दुई जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक पुष्कर केसीले बताए।

अधिकांश गाडीमा महिला र अपाङ्गता भएका व्यक्तिका लागि तोकिएको आरक्षण सिटमा पनि पुरुष बसि दिने तथा महिलामाथि अभद्र व्यवहार गर्ने गरेको पाइएको छ।

उनले कतिपय सार्वजनिक गाडीमा आरक्षण सिटसमेत नछुट्याएको पाइएकाले आरक्षण सिट लेख्न चालकलाई आग्रह गरेको बताए। प्रहरी परिसरले भक्तपुरदेखि मनोहरापुलसम्म सार्वजनिक गाडीमा प्रहरी खटाएको हो।

सार्वजनिक यातायातका साधनमा महिला यात्रुलाई पेल्ने, हातले छुने जस्ता अभद्र व्यवहार बढ्दै गएकाले यस्ता व्यक्तिलाई प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएर काउन्सिलिङ गरेर छाड्ने र सोही व्यक्तिले यस्तो कार्य दोहोर्‍याएको पाइएमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने बताइएको छ। रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......