स्वतन्त्र व्यक्तिको कार्ड फालेर तमासा नदेखाए हुन्छ : ओली

राष्ट्रपति र कोइरालासंग छुट्टा-छुट्टै भेटवार्ता

२० पुस, काठमाण्डौ । राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका नेता केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा एमाले नेता ओलीले राष्ट्रपति यादवलाई भेट्नु भएको हो । शीतल निवासमा शुक्रवार विहान भएको भेटवार्तामा उहाँहरुवीच वर्तमान राजनीतिक अवस्था, मुलुकमा जारी संकट समाधान, सहमतीय सरकार गठन लगायतका विषयमा छलफल भएको  राष्ट्रपतिको कार्यलयले जनाएको छ ।
राष्ट्रपतिसंगको छलफल पछि बाहिरिने क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै नेता ओलीले काँग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गरी नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो ।
ओलीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार वन्न नसक्ने भन्दै राजनीतिक दलकै नेतृत्वमा सहमतीय सरकार गठन गर्नु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गर्न सक्दैन । अनेक प्रकारका तमासा र कार्ड नदेखाए हुन्छ । मुलुकलाई निकास राजनीति दलहरुले मुलुकलाई निकास दिनुको विकल्प छैन ।’ ओलीले प्रधानमन्त्री डा वावुराम भट्टराई स्वतन्त्र व्यक्तिको कार्ड फालेर सत्ता लम्ब्याउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । उहाँले स्वतन्त्र व्यक्तिको कार्ड फालेर अनेका खालका तमासा नदेखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
ओलीले दलहरुका वीचामा सहमति जुट्न नसकेकोमा राष्ट्रपति चिन्तित रहेको वताउनुभयो । ‘राष्ट्रपतिको चिन्ता मुलुकलाई कसरी निकास दिने भन्ने छ । त्यसवारेमा गम्भीर हुन आग्रह गर्नु भयो , राष्ट्रपतिको भनाई उदृढ गर्दै ओलीले भन्नुभयो । यसअघि शुक्रवार विहान नै नेता ओलीले काँग्रेस सभापति सुशील कोइरालासंग भेटवार्ता गर्नु भएको थियो । महाराजगञ्जस्थित कोइरालाको निवासमा भएको भेटवार्तामा सहमतीय सरकार गठन, नयाँ निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।  छलफलमा नेता ओली सहित  उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल लगायतका एमाले नेताहरु सहभागी हुनुहुन्थ्यो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......