ए डिभिजन लिग मच्छिन्द्र र हिमालयन शेर्पा भिड्ने


६ माघ, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।
दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे सुरु हुने खेलमा मच्छिन्द्र जित निकाल्दै लिग लिडर थ्रीस्टारसँगको दुरी कम गर्ने योजनामा हुनेछ भने हिमालयन शेर्पा उसलाई रोक्ने प्रयासमा हुनेछ । मच्छिन्द्रले आज जित
निकाले दोस्रो स्थानमा उक्लिने छ भने निकट प्रतिद्वन्द्वी आरसीटस्सँग ३ अंकको अग्रता र थ्रीस्टारसँगको दुरी ३ अंक कम हुनेछ ।
१३ खेलबाट २६ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा छ भने लिग लिडर थ्रीस्टारको १४ खेलबाट ३२ र आरसीटीको २६ अंक छ । समान खेल खेलेको हिमालयन शेर्पा १६ अंकसहित ११ औं स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा थ्री स्टारले जित निकाल्दै शीर्षता कायमै राखेको छ भने मध्यपुरले जावलाखेललाई हराउँदै ए डिभिजनमा रहने संभावना कायमै राखेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......