जनसहभागिताका नाममा ५० करोड बाँड्ने तयारी

१ माघ, काठमाण्डौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनसहभागितामा आधारित कार्यक्रम भन्दै पार्टी निकट कार्यकर्तालाई ५० करोड रुपैयाँ बाड्ने तयारी गरेको छ ।
विभागीय मन्त्री संयोजक रहने यो कार्यक्रम मार्फत राजनीतिक कार्यकर्ताबाट माग भई र्अाका योजनालाई ५ देखि १० लाख रुपैयाँका दरले बजेट बाँड्न लागेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्री समते
रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा उक्त रकम बाड्न लागिएको मन्त्रालयले जनाएको छ । स्थानीय निकायमा परिषद्बाट योजना छनोट गर्नुपर्ने प्रावधानविपरीत पहुँचका भरमा सीधै केन्द्रबाट बजेट बाड्ने यो कार्यक्रम यसअघि पनि विवादित बनेको खबर कारोबार दैनिकले छापेको छ ।
मन्त्रालयका उपसचिव रमेशकुमार अधिकारीका अनुसार हाल अख्तियारी दिने तयारी भइरहेको छ । ‘यो कायएक्रममा रकम बाँडफाँड गर्ने संयोजन मन्त्रीज्यूले नै गर्नुहुन्छ’ उनले भने यो बाँडफाँड नियम संगतले नै हुन्छ ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......