सर्लाही, माघ ८ (नागरिक)- सहारा विकास बैंक बरहथवा सर्लाहीका सहायक
मेनेजर मैनाथपुर-२ घर भएका ३० वर्षीय दिनेश कुशवाहलाई चोरी गरी लगेको
रकमसहित प्रहरीले पक्राउ गरेको छ। बैंकको २४ लाख ५५ हजार रुपैयाँ चोरेर
भागेका उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
माघ ५ गते बिहान उक्त बैंकका मेनेजर रामेश्वर राय यादवले माघ ६ गते मलंगवामा हुने मिटिङमा जानको लागि सहायक मेनेजर कुशवाहलाई सेफको चावी राख्न दिई गएका थिए। माघ ७ गते कार्यालय समयमा सेफ खोली हेर्दा नगद २४ लाख ५५ हजार रुपैयाँ हराएको थियो। सहायक मेनेजर कुशवाह त्यस लगत्तै बेपत्ता भएका थिए। उनी फरार भएको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय बरहथवामा प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरेकोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान रकम सहित पक्राउ गरेको हो।