दैलेखमा माओवादी र प्रतिपक्षी दुवै 'शक्ति प्रदर्शन' गर्ने तयारीमा, झडपको संभावना


माओवादी र प्रतिपक्षी दुवै 'शक्ति प्रदर्शन' को तयारीमा लागेकोले दैलेखमा झडप हुनसक्ने चिन्ता बढेको छ। संभावित झडपलाई ध्यानमा राख्दै ५ सयभन्दा बढी प्रहरी र सशस्त्र प्रहरी त्यहाँ खटाइएको छ। माओवादीले पनि २२ ट्रक वाइसिएल दैलेख सदरमुकाममा उतारेको छ। दैलेखस्थित नागरिकन्युजकर्मी गोविन्द केसीका अनुसार प्रहरीकै स्कर्टिङमा वाइसिएल बोकेका ट्रक आज बिहान ५ बजे सदरमुकाम भित्रिएको हो। बाटो अवरुद्ध गर्न ढालिएका रुखहरु पन्छाउँदै हिजो हिँडेका उनीहरु आज आइपुगेका हुन्।


माओवादीले आज मध्याह्न १२ बजे काँडाचौरमा आमसभाको आयोजना गरेको छ भने त्यहाँबाट पैदल १५ मिनेटको दूरीमा प्रतिपक्षी दलहरुले आमसभा गर्ने भएका छन्।

प्रतिपक्षी दलहरुले आज पनि त्यहाँ बन्दको आह्वान गरेका छन् भने घर-घरमा कालो झण्डा राखिएको छ। बिहानैदेखि प्रतिपक्षीहरुले नारा जुलुस गरिरहेका छन्।

पत्रकार डेकेन्द्र थापाका हत्याका अभियुक्तहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएपछि दैलेखमा केही समयअघिदेखि तनाव बढेको हो।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......