महिला हिंसा
रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलनमा उत्रिरहेका बेला झापामा एक युवती
सामूहिक बलात्कारको शिकार भएकी छिन् ।दमक-९ स्थित हिमालय चियाबगान भित्र
१९ वर्षीया युवतीलाई गएराति स्थानीय चार जना युवकले बलात्कार गरेको
प्रहरीले जनाएको छ । बलात्कार गर्ने दमक ९ का सचिन भट्टराइ, सन्दीप भट्टराई
र आशिष दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक भने फरार छन् ।
‘आफ्ना प्रेमीसँग हाइबेमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएर बलात्कार
गरेका रहेका छन्’ दमकका प्रहरी निरीक्षक हरी खतिवडाले अनलाइनखबरसँग
भन्नुभयो-’उनका प्रहरीले भनेपछि प्रहरी टोली पुग्दा बाहिरिँदै गरका
उनीहरुलाई पक्राउ गरेका छौं ।’युवतीलाई नियन्त्रणमा लिने क्रमा उनीहरुले
प्रेमीलाई भने मरनासन्न हुनेगरी कुटपिट गरेका छन् । साँझ ७/८ बजेतिर
युवतीलाई नियन्त्रणमा लिएका थिए भने विहान करिव ३/४ बजेतिरमात्र प्रहरीले
उद्धार गरेको थियो ।उनीहरुलाई बजरजस्ती करण अन्तरगत मुद्धा चलाइने प्रहरीले
जनाएको छ । युवतीलाई उपचारपछि अहिले प्रहरीले संरक्षणमा राखेको छ ।
