२० पुस, काठमाण्डौं । रोजगार अनुमति
प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नेपाली श्रमिकहरु सञ्चयकोष पाउनबाट
बञ्चित हुँदै आएका छन् । कोरिया र नेपालबीच भएको श्रम समझदारीमा यसबारे
उल्लेख नगरिएकाले उनीहरुले यो सुविधा नपाएका हुन् ।
कामदारको न्युनतम तलबमान ४ दशमलब ५
प्रतिशत र रोजगारदाताले ४ दशमलब ५ प्रतिशत जम्मा गरी रोजगार अवधि समाप्त
भएपछि व्याजसहित एकमुष्ट पाउने नियम यहााचको सरकारले बनाएको छ । नेपाली
कामदारले रोजगार अवधि पूरा भएपछि विमा वापतको रकम मात्रै पाउँदै आएको खबर
कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल र कोरियाबीच ईपीएससम्बन्धी समझदारी
२००७ मा भएको थियो ।यसपछि पटक पटक श्रम समझदारी पत्रमा नवीकरण भए पनि
नेपाली अधिकारीले सञ्चयकोषको सुविधाबारे चासो नराखेकाले नेपाली कामदारहरु
विगत ६ बर्षदेखि नियमअनुसार रकम पाएका छैनन् । यो रकम वाषिर्क ५० करोड
रुपैयाँभन्दा बढी हुन आउँछ ।
