रितेश त्रिपाठी, वीरगन्ज, माघ ११ - सीमावर्ती सहरका बासिन्दा दैनिक उपभोग्य वस्तुको सानोतिनो किनमेल पनि भारतीय बजारमा गर्छन्। भारतीयहरु भने जुत्ताचप्पल किन्न नेपाल आउन थालेका छन्। सीमाक्षेत्रका भारतीयको जुत्ता किन्ने बजार बनिरहेको छ वीरगन्ज। रक्सौलका प्रमुख ग्राहकमध्ये पर्ने नेपालीहरु स्वदेशी ब्रान्डमा लोभिएपछि त्यहाँका थुपै्रको बिक्री घटेको छ भने कतिपय जुत्ता पसल बन्द भएका छन्।
भारत पश्चिमी चम्पारण बेतियाबाट बिहीबार अरुण प्रसाद रेलमार्ग हुँदै २ जोर जुत्ता र १ जोर चप्पल किन्न वीरगन्ज आएका थिए। 'मेरो त परिवारका सबैजना नेपाली जुत्ता मन पराउँछन्,' उनले भने। नेपाली जुत्ता टिकाउ भएकाले मन परेको उनले सुनाए।
रक्सौलको भन्सार कट्नेबित्तिकै रहेको चल्तीको भारतीय जुत्ताचप्पल ब्रान्ड 'खादिमस्'को सोरुम बन्द भएको एक वर्षभन्दा बढी भयो। नेपालका ग्राहकका लागि खोलिएको उक्त जुत्ताचप्पल सोरुमको ठाउँमा अहिले किराना पसल छ। चर्चित ब्रान्ड 'बाटा'को रक्सौलस्थित सोरुममा बिक्री घटेको छ। 'नेपाली ग्राहक ९० प्रतिशत घटेका छन्, आकक्लझुकक्ल कोही आइपुगेमात्र हो,' सन् १९९० देखि उक्त सोरुममा कार्यरत शाखा प्रबन्धक स्वमित्र कुमारले भने।
स्वदेशमै उत्पादित जुत्ताचप्पलको लोकप्रियताले विदेशी ब्रान्ड वीरगन्जको बजारबाट विस्थापितै भएको छ। '१५ वर्ष अगाडि मैले पसल लिँदा भारतीय जुत्ताचप्पल यहाँ खुब बिक्री हुन्थ्यो, नेपालमा बनेका जुत्ताचप्पलको बिक्री मुस्किलले १० प्रतिशत जति थियो,' लालबाबु हुसैन भन्छन्, 'अहिले मैले बेच्ने जुत्ताचप्पल नेपालीमात्रै छन्।'
लाल सु सेन्टरको नामले सञ्चालित उनको पसलमा भारतीय र चिनियाँ उत्पादनको नामोनिसान छैन। उनले शिखर, बिएफ डियरहिल, स्काई, मकालु र रोयलजस्ता नेपाली ब्रान्डका जुत्ताचप्पल बेचिरहेका छन्। यिनी ब्रान्डमा भारतीय ग्राहकहरु लोभिन्छन्। 'नेपाली जुत्ताचप्पल बलियो हुन्छ, त्यसमाथि ६ महिनाको वारेन्टी पनि पाइन्छ,' बाराको सपहीबाट आएका गिरबहादुर थापाले भने।
वीरगन्जको आदर्शनगरमा ८ वर्षअघि खुलेको कोरियन सु सेन्टरमा पहिला पहिला विदेशी जुत्तामात्र थिए। 'ऊ बेला विदेशी जुत्ताचप्पल बढी बिक्री हुन्थे, त्यसैले सोरुमको नाम नै विदेशी झल्किने राखें,' पसले फिरोज खान भन्छन्, 'विदेशी छालाका जुत्ता कमसल भएको गुनासो आइरहन्थ्यो, अचेल नेपाली ब्रान्डका जुत्ता बेच्न थालेपछि ग्राहक सन्तुष्ट छन्।' कामकाजीका लागि होस् या खेलाडी वा यात्रु सबैथरीलाई काम लाग्ने छन् नेपाली ब्रान्डका जुत्ता। सस्तो, टिकाउ र आकर्षक हुनाले सबै उमेरका ग्राहकको मन नेपाली जुत्ताचप्पले जितेको व्यापारीहरु बताउँछन्।