दमक ।माघ ९
झापाको दमक-१४ का विपन्न समुदायका २० जना बालबालिकालाई आज एक कार्यक्रमकाबीच लत्ताकपडा वितरण गरिएको छ ।
त्यहाँ सञ्चालित जनचेतना महिला बालविकास केन्द्रले सो केन्द्रमा अध्ययनरत बालबालिकालाई स्वीटर, सुरूवाल लगायतका न्यानो कपडा प्रदान गरेको हो । केन्द्रकी अध्यक्ष मन्दरा पौडेलको अध्यतक्षतामा र दमक नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय सामाजिक अगुवा पदमप्रसाद कोइराला, सरस्वती उच्च माविका प्राचार्य दिलीप श्रेष्ठ, केन्द्रकी शिक्षिका शर्मिला कुँवर, सहारा टोल विकास संस्थाका सचिव गंगा राई, केन्द्रका संरक्षण समिति अध्यक्ष श्री ध्वज राई, केन्द्रकी उपाध्यक्ष पुष्पलता कोइराला, कोषाध्यक्ष टिका अधिकारी, सचिव सुमित्रा सापकोटा लगायतको बोलेका थिए ।
सो अवसरमा स्थानीयबासीले बालविकास केन्द्रको भवन तथा शिक्षाको गुणस्तर वृद्धिका लागि पहल गरिदिन माग गरेका छन् ।

