अमेरिकामा नेपालीको रेस्टुरेन्ट

६ माघ, काठमाण्डौं । स्याङजाली युवा डोलराज भट्टराईले अमेरिकाको कोलोराडोका दुई सहरमा रेस्टुरेन्ट चलाएका छन् । सन् २००२ देखि वेस्टमिनिस्टरमा र सन् २००८ देखि अरव्याडामा । दुवै रेस्टुरेन्टको नाम-’याक एन्ड यती’ ।
वेस्टमिनिस्टरमा भारतीयले चलाएको ताजमहल रेस्टुरेन्ट किनेर उनले याक एन्ड यति नाउँमा चलाएका हुन् । ‘शेर्पा भाइहरुसँग ५-५ हजार डलर सापटी लिएर २५ हजार डलरबाट रेस्टुरेन्ट सुरु गरेको हुँ,’ भट्टराईले भने ।

अरव्याडाको रेस्टुरेन्टमा ब्रुअरी उत्पादन हुन्छ । जहाँ ११ शरि बियर बनाइन्छ । आफ्ना दुई रेस्टुरेन्टसहित १४ बारमा बियर खपत हुने गरेको उनले बताए । ‘एक मिलियन डलरमा ब्रुपव किनेको हुँ,’ उनले भने ‘किस्ता तिर्दैछु , अबको पाँच बर्षमा चुक्ता गर्छु ।’ उनले उत्पादन गर्ने बियर त्यस क्षेत्रमा लोकपि्रय रहेको खबर नागरिक दैनिकले छापेको छ ।
रेस्टुरेन्ट स्थापनाका दिन सम्झदै उनले भने सुरुका दिनमा विहान २ बजेदेखि राती अबेरसम्म कसरत गरेको बताउँदै उनले धेरै दुःख गरेपछि एक बर्षपछिमात्र सामान्य नाफा हुन थालेको उनले बताए । अहिले भने आफ्नै कमाईले अमेरिकामा राम्ररी बसेको भट्टराईले बताएका छन् ।

2

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......