चिनिया उपस्थितिप्रति भारतीय माओवादीको आपत्ति


काठमाडौँ, पुस २९ - भारतमा सशस्त्ररत नक्सलवाडी र भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले माओवादी महाधिवेशन उद्‍घाटन सत्रमा चिनियाँ राजदूत योङ हुलाङको उपस्थितिलाई लिएर कडा आपत्ति जनाएको छ।
महाधिवेशनका लागि पठाएको शुभकामना सन्देशमा नक्सलवाडी र भाकपा माओवादी दुवैले आपत्ति जनाएको पोलिटब्युरो सदस्य हितमान शाक्यले पढेर सुनाएका छन्।



‘चीन सुधारवादी कम्युनिष्ट हो, उसको उपस्थितिले राम्रो सन्देश दिँदैन' भन्दै दुवै संगठनले चिनियाँ उपस्थितिप्रति आपत्ति जनाएको एक सहभागीले जानकारी दिए। यद्यपि, दुवै संगठनले माओवादीले गर्ने आन्दोलनलाई पूर्ण समर्थनको प्रतिबद्धता भने जनाएका छन्।

दुवै संगठनले दाहाल नेतृत्वको एमाओवादी संशोधनवादी भासमा फसेको र उनीहरुबाट बाँकी क्रान्ति पूरा हुनेमा आफूहरुलाई विश्वास नलागेको उल्लेख गरेका छन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......