सुरक्षामा लापरवाही गरेको भन्दै दैलेखका प्रहरीको सरुवा

११ माघ, काठमाण्डौं । प्रधानमन्त्री संलग्न सार्वजनिक कार्यक्रममा सुरक्षा लार्पवाही गरेको र जिम्मेवारी पुरा गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले दैलेखका डीएसपी र दुई इन्सपेक्टरको सरुवा गरेको छ ।
बुधबार प्रधानन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न कार्यक्रममा सुरक्षा ब्यबस्था मिलाउन नसकेको र सुरक्षा ब्यबस्थामा गम्भीर लार्पवाही गरेको भन्दै हेडक्वाटरले डिएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरिक्षक इन्द्रप्रसाद सुवेदी र किरण न्यौपानेलाई सरुवा
गरेको हो ।
सुरक्षा ब्यबस्थामा लार्पवाही गरेकै कारण उनीहरु संलग्न कार्यक्रममा ढुंगामुढा भएको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।  बिपक्षीको ढुंगामुढाका कारण सार्वजनिक कार्यक्रम केहीवेर रोकिन पुगेको थियो ।
डीएसपी चौधरी र दुई इन्सपेक्टरले कमाण्डरको आदेश नमानेको, बिपक्षीसँग मिलेर कार्यक्रमस्थलसम्म बिपक्षीलाई पुग्न दिएको लगायतको अभियोग प्रहरी अधिकारीमाथि छ ।
जिल्लाको प्रहरीले कमाण्डको आदेश नमान्ने अबस्था आएपछि सुर्खेतबाट डीआईजीको नेतृत्वमा अर्को बेग्लै प्रहरी दस्ता लगेर प्रधानमन्त्रीसहितका भीआईपीको सुरक्षा गर्नुपरेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......