कर्णेल लामालाई २० दिन थुनामा राख्न आदेश

Photo: कर्णेल लामालाई २० दिन थुनामा राख्न आदेश


२२ पुस, लण्डन । बन्दीलाई यातना दिएको अभियोगमा लण्डन प्रहरीबाट पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको अदालतले थप २० दिन थुनामा राख्न आदेश दिएको छ ।

शनिवार वेष्ट मिनिष्टर मजिष्ट्रेट कोर्टमा भएको सुनुवाईमा कर्णेल लामालाई पेश गरिएको थियो । अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थप अनुसन्धानका लागि थुनामा राख्न र जनवरी २४ तारिखमा पुनः अदालतमा पेश गर्न आदेश दिएको छ ।

कडा सुरक्षावीच उनलाई शनिवार बिहान १२ बजे अदालत लगिएको थियो । सुनुवाईका क्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख तेजबहादुर क्षेत्री र सैनिक सहचारी कर्णेल बिश्वनाथ घिमिरे पनि उपस्थीत थिए । लामामाथि सात बर्षअघि कपिलबस्तुको गोरुसिंगे ब्यारेक कमाण्डर रहेका बेला स्थानीय जनकबहादुर राउतलाई १७ दिनसम्म गैरन्यायीक हिरासतमा राखि यातना दिएको अभियोग लगाइएको छ । राष्ट्रसंघीय सुडान मिसनमा पर्यवेक्षकका रुपमा कार्यरत लामा बिदाका बेला श्रीमतीलाई भेट्न लण्डन पुगेका बेला बिहीवार पक्राउ गरिएको थियो ।२२ पुस, लण्डन । बन्दीलाई यातना दिएको अभियोगमा लण्डन प्रहरीबाट पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको अदालतले थप २० दिन थुनामा राख्न आदेश दिएको छ ।

शनिवार वेष्ट मिनिष्टर मजिष्ट्रेट कोर्टमा भएको सुनुवाईमा कर्णेल लामालाई पेश गरिएको थियो । अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थप अनुसन्धानका लागि थुनामा राख्न र जनवरी २४ तारिखमा पुनः अदालतमा पेश गर्न आदेश दिएको छ ।

कडा सुरक्षावीच उनलाई शनिवार बिहान १२ बजे अदालत लगिएको थियो । सुनुवाईका क्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख तेजबहादुर क्षेत्री र सैनिक सहचारी कर्णेल बिश्वनाथ घिमिरे पनि उपस्थीत थिए । लामामाथि सात बर्षअघि कपिलबस्तुको गोरुसिंगे ब्यारेक कमाण्डर रहेका बेला स्थानीय जनकबहादुर राउतलाई १७ दिनसम्म गैरन्यायीक हिरासतमा राखि यातना दिएको अभियोग लगाइएको छ । राष्ट्रसंघीय सुडान मिसनमा पर्यवेक्षकका रुपमा कार्यरत लामा बिदाका बेला श्रीमतीलाई भेट्न लण्डन पुगेका बेला बिहीवार पक्राउ गरिएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......